वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा थप समिति विस्तार

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा थप समिति विस्तार

वीरगञ्ज, १५ साउन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेको छ । संगठनलाई चुस्त दुरुस्त बनाई चलायमान बनाउनका लागि समितिहरु विस्तार गर्ने क्रममा शुक्रबार तीनवटा समिति विस्तार गरेको हो । विस्तारित समितिमा आई.सि.पी.÷आई.सि.डी. समन्वय समिति, भवन निर्माण तथा वहाल व्यवस्थापन समिति र स्थानीय कर समिति रहेका छन् । 

आई.सि.पी./आई.सि.डी. समन्वय समितिको संयोजकमा सुशान्त चाचान, भवन निर्माण तथा बहाल व्यवस्थापन समितिका संयोजक दीपककुमार टिवडेवाल तथा स्थानीय कर समितिको संयोजकमा सुरेशकुमार रुँगटालाई मनोनयन गरिएको छ ।  विस्तारित समितिले काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विश्वास सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले लिएको बताउनुभयो । समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने गुप्ताको भनाई थियो । 

समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही सक्षमतापूर्वक सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव अरविन्द्र अमात्यको उपस्थिति रहेको थियो ।