मानवीय संवेदनालाई प्राथामिकता, सरकारको पहिलो आवश्यकता : नगरप्रमुख सरावगी
वीरगन्ज, १५ साउन । वीरगन्ज महानगरपालिकाले राज्यले मानवीय संवेदनाका विषयलाई प्राथामिकतामा राखेर काम गर्दा विकासले गति लिने बताउनु भएको छ । वीरगन्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेलको भवनमाथि निर्माण गरेको सुरक्षित गृहको उदघाटनपछि बोल्दै महानगर प्रमुख सरावगीले पर्सामा न्यायको खोजीमा रहेका महिला तथा बालबालिकाहरुको सुरक्षित बसोवासका लागि सुरक्षित गृहको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले महिला हिंसामा परेकाहरुलाई सुरक्षित राख्न र न्यायको पहुँचमा पु¥याउनका लागि तीनवटै तहको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिदै उहाँले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा वीरगन्ज लेडिज सर्कलले निर्माण गरेको सुरक्षित आवास कक्षले हिंसापीडित महिला तथा बालबालिकाहरुलाई राहत हुने बताउनुभयो ।
महानगरपालिकाले पनि समाजका अत्यन्त मानवीय संवेदनाका विषयहरुलाई नै बढी प्रथामिकता दिएको बताउदै उहाँले ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जन स्थल, मानव सेवा आश्रमको लागि भवन निर्माण तथा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान र बचत कोषमा समेत रकम दिएको जानकारी दिनुभयो ।
रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि लेडिज सर्कलको पनि सहयोग गरोस भन्ने सुझाव दिनुभयो । सामाजमा धेरै महिला तथा बालबालिकाहरु हिंसाबाट पीडित हुने गरेकोमा चिन्ता जनाउदै उहाँले सामाजिक जनचेतना फैलाएर हिंसा न्यूनीकरण गर्नुपर्ने तथा हिंसामा परेकाहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहित न्यायको पहुँचसम्म पु¥याउनु सबैको दायित्व भएको बताउनुभयो ।
महिला तथा बालबालिकाको लागि सुरक्षित गृह निर्माणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैको पोखरीलाई माटो भरेर त्यहि भवन निर्माण गर्ने महानगरपालिकाले योजना बनाएपनि प्रदेश सरकारले पोखरी सौन्दर्यकरणको नाममा त्यसमा रोक लगाएको नगर प्रमुख सरावगीले बताउनुभयो । उहाँले आवश्यकताको आधारमा प्राथामिकीकरण गरेर योजनाहरु संचालन गरे मात्रै विकास हुने बताउदै पोखरी सौन्दर्यकरणको नाममा आवश्यक संरचना निर्माणमा बाधा पु¥याउन दुखद भएको बताउनुभयो ।
वीरगन्ज लेडिज सर्कलको वीरगन्ज च्याप्टरकी प्रमुख अनामिका पुजारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, लेडिज सर्कलकी केन्द्रीय अध्यक्ष रश्मी दास, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन विपना क्यालले गर्नुभएको थियो ।