जनता समाजवादी पार्टी निकट पत्रकार संगठनमा भूईँचालो, प्रभावशाली नेता तिवारीको राजिनामा
वीरगन्ज, २४ असार । क्षेत्रीयताको राजनीतिबाट राष्ट्रिय राजनीतिमा पुगेको जनता समाजवादी पार्टी निकट पत्रकार संगठनमा भूईचालो आएको छ । जनता समाजवादी पार्टी उपेन्द्र यादव निकट पत्रकार संगठन तत्कालिन संंघीय प्रेस फोरमका केन्द्रीय सदस्य र पर्साका बरिष्ठ उपाध्यक्षले राजिनामा दिएपछि संगठनमा भूईचालो आएको हो ।
संगठनका केन्द्रीय सदस्य अनिल तिवारी र पर्साका बरिष्ठ उपाध्यक्ष श्याम कुश्वाहाले राजिनामा दिएपछि संगठनमा ठूलो धक्का लागेको छ । बिहीकार राजिनामा दिदै केन्द्रीय सदस्य तिवारीले नेपालमा जनताको सम्मान र हक अधिकारको पक्षमा हरेक ऐतिहासिक घट्ना क्रममा नेपाली प्रेस जगत सदैव जनताको साँथमा उभिएको र एउटा संचारकर्मीको रुपमा गर्व गर्ने गरेको भएपनि ऐतिहासिक मधेश आन्दोलनमा मुलधारका भनिएका मिडियाको
जनपक्षीय र तटस्थ भूमिकामाथि ऐतिहासिक रुपमैं प्रश्न उठीरहेको अवस्थामा अधिकारको लडाँईमा निरन्तर लागेको भएपनि संघीय प्रेस फोरम जोडिएको राजनीतिक दल पछिल्लो समयक्रममा देश, जनता, मधेश भावना र क्षेत्रीय हीतबिपरित बैदेशिक चलखेलमा नराम्ररी प्रभावित भएकोले उक्त संगठनसंग कुनै संलग्नता वा सम्बन्ध नरहेको भन्दै राजिनामा दिनुभएको हो ।
उहाँले आगामी दिनमा समेत नरह्ने घोषणा समेत गर्नुभएको छ । पत्रकारिता सम्बन्धी पेशागत भूमिका सधैं तटस्थ रहीआएजस्तै अब अबद्धताका हिसाबले पनि एउटा स्वातन्त्र पत्रकारको हैसियतले देश र समाजको लागि रहने र ब्यवसायिक पत्रकारितामाअघि बढ्ने जानकारी पनि राउनु भएको छ । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनमा पर्सामा पार्टीलाई विजयी बनाउन सञ्चार क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भएपनि अहिले प्रदेश मिडिया काउन्सिलको नियुक्तिमा मूल्यांकन नगरिएपछि तिवारी र बरिष्ठ उपाध्यष कुश्वाहाको राजिनामा आएको हो ।