नेपाल पत्रकार महासंघ पर्साको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न
ट्रिब्यून न्युज
वीरगन्ज, ३ बैशाख । नेपाल पत्रकार महासंघ पर्सा शाखामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण शुक्रबार सम्पन्न भएको छ । पत्रकार महासंघको सभाकक्षमा आयोजित सपथ ग्रहण समारोहमा प्रमुख निर्वाचन अधिकृत जगदशी प्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष अनुप तिवारी लगायतका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
देशको संविधानको अधिनमा रही महासंघको व्यवसायिक हित र प्रवद्र्धनका लागि काम गर्ने सपथ शर्माले खुवाउनु भएको हो । महासंघ पर्सा शाखाका निवर्तमान अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश परिषद सदस्य र राष्ट्रिय परिषद सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण महासंघका पूर्व अध्यक्ष एवं निर्वाचन समितिका सदस्य शत्रुघ्न नेपालले गर्नुभएको थियो ।