वीरगन्ज वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रको कमिटि गठन 

वीरगन्ज वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रको कमिटि गठन 

ट्रिब्यून न्युज 
वीरगन्ज, ३ बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको वीरगन्ज महानगरपालिका वडा नम्बर १० को कमिटि गठन गरिएको छ । शुक्रबार भएको वडा भेलाले पवन गुप्ताको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरेको हो । नवगठित कमिटिको उपाध्यक्षमा आशा गिरी, सचिवमा जियालाल साह, सह–सचिव रोशन गुप्ता, कोषाध्यक्ष बबिता कुमारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा बिनोद साह, बिकास चौरसिया, मनोज साह, अफताब खान, संतोष साह, पिंटु पटेल रहेका छन् । त्यस्तै ४ सदस्यीय सल्लाहकार कमीटीमा शत्रुधन गिरी,  मनोज कुमार गुप्ता, दिनेश साह, हरी जैशी रहेका छन् ।

शत्रुघन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य रामदरस कुश्वाह, विशिष्ट अतिथि वीरगंज माहानगर अध्यक्ष रहबर अन्सारी, ज़िल्ला सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।