एमालेमा नगएको माओवादी नेता श्रेष्ठको भनाई
वीरगन्ज, २८ साउन । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठले नेकपा एमालेमा आफु नगएको प्रष्ट पारेका छन् । नेकपा एमालेको पर्सागढी नगरपालिकको सचिवमा आफ्नो नाम विभिन्न सञ्चार माध्यमहरुमा आएपछि श्रेष्ठले
आज विज्ञप्ति निकालेर आफुसँग सल्लाह नै नगरी सचिव पदमा राखेको प्रति आपत्ति जनाउदै आफ्नो राजनीतिक यात्रा माओवादीबाट भएको र अहिले पनि माओवादी केन्द्रमै रहेको जनाउनु भएको छ ।
उहाँले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले नेकपा एमालेसँग जोडेर विभिन्न पत्रपत्रिकामा नाम आएकोप्रति घोर आपत्ति जनाउनु भएको छ । आफु हिजो, आज र भोली पनि नेकपा माओवादी केन्द्रमा नै रही रहने जनाउदै त्यस्तो कपोलकल्पित निर्णयहरु नगर्न नेकपा एमाले जिल्ला कमिटि पर्सालाई चेतावनी पनि दिनुभएको छ ।