नेकपा माओवादी केन्द्रका दुई प्रदेशसभा सदस्यले लिए सपथ 

नेकपा माओवादी केन्द्रका दुई प्रदेशसभा सदस्यले लिए सपथ 

वीरगन्ज, ११ माघ । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित दुईजना प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

दुवै जनालाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।  दुवैजना विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो। सर्वोच्चको आदेशपछि बुधबार दुवै सांसदले शपथ ग्रहण गरेका हुन्। कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनुभएको छ ।

मधेस प्रदेशमा नेकपा माओवादीको तर्फबाट ९ जना प्रदेशसभा सदस्य रहेका छन् । ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १०७ जना सांसद छन्। यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। मुख्यमन्त्री यादवले बाँकी ७ मन्त्रालय भने हाल आफैँसँग राख्नुभएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन्।