नवौं राष्ट्रिय खेलकुदको कुश्तीमा पर्साले जित्यो ३ स्वर्ण सहित १० पदक
वीरगन्ज, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी स्थित रहेको श्रीराम भक्त हनुमान अखाडा कुस्ती प्रशिक्षण केन्द्रका कुस्ती खेलाडीहरुले ३ स्वर्ण सहित १० वटा पदक जितेका छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरको कावासोतीमा सम्पन्न भएको कुस्ती तर्फको स्पर्धामा पर्साका कुस्ती खेलाडीले ३ स्वर्ण , ५ रजत र २ कास्य पदक गरि १० पदक जितेका हुन् । ९६ किलो तौलमा सुमिर साह, ८६ किलो तौलमा लाल बहादुर यादव र १२५ किलो तौलमा राज यादवले स्वर्ण पदक जितेका हुन् ।
यस्तै ५६ किलो तौलमा भागवत साह ,६५ किलो तौलमा गंगा राम , ७० किलो तौलमा धर्मेन्द्र प्रसाद यादव, ७४ किलो तौलमा रितेश यादव र १२५ किलो तौलमा सागर यादवले रजत पदक जितेका हुन् । यसैगरि ८६ किलो तौलमा दिपेश राउत कमकर र ९२ किलो तौलमा बिनोद सहनीले कास्य पदक जितेको प्रशिक्षक नरेश गिरी बाबाले जानकारी दिनुभयो ।