नेकपा एसका वडा अध्यक्षका प्रत्यासी सहित कांग्रेसका नेताहरु जसपामा प्रवेश
वीरगन्ज, १८ कार्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका वडा अध्यक्षका उम्मेदवार र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु जसपामा प्रवेश गरेका छन् ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा अध्यक्षका प्रत्यासी रहेका राम बालक प्रसाद कुर्मी र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नम्बर १८ को वडा सदस्यमा निर्वाचित वीरेन्द्र प्रसाद कुर्मी शुक्रबार जसपामा प्रवेश गरेका हुन् ।
दुवै नेतालाई पूर्व मन्त्री एवं प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले अबीर टिका लगाइ पार्टीमा स्वागत गर्नुभएको थियो । परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कुर्मीद्वयको प्रवेशले जसपालाई थप सशक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै यादवले खुशी व्यक्त गर्नुभयो ।