नेकपा (एस) को पदाधिकारी टुंगो लाग्यो

नेकपा (एस) को पदाधिकारी टुंगो लाग्यो

काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको पदाधिकारी टुंगो लागेको छ । चारजना उपाध्यक्ष, ६ जना सचिव र एकजना महासचिव र २ जना उपमहासचिव सहितको पदाधिकारीको टुगो लागेको हो ।

५ जना मात्रै सचिव पहिले राखिएकोमा पछि राजेन्द्र राईलाई सचिवमा थप गरिएको छ । केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

तर राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो । एक नेताका अनुसार सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै सचिवमा राजेन्द्र राई थप भएका छन् ।

मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।