बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तालिका सार्वजनिक
वीरगन्ज, १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचनमा लागि बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानको तालिका सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ को (२) का उम्मेदवार रामनारायण कुर्मीले मतदाताहरुसँग भेटघाटका लागि घरदैलो कार्यक्रमको तालिका सार्वजनिक गर्नुभएको हो ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट उम्मेदवार बन्नुभएका रामनारायण कुर्मीले सार्वजनिक गर्नुभएको तालिका अनुसार कार्तिक १५ गते मंगलबार बिहान वडा नम्बर ५ को ६ नम्बर गेटमा बिहान ७ः३० बजे, कार्तिक १६ गते बिहान ७ः३० गते वडा नम्बर ११ को श्रीपूर विद्यापीठमा, कार्तिक १७ गते वडा नम्बर ७ को गोपाल श्री लोहागेटमा बिहान ७ः३० बजे घरदैलो कार्यक्रम राखिएको छ ।
त्यस्तै कार्तिक १८ गते वडा नम्बर १२ को मूर्ली चोक, १९ गते वडा नम्बर ८ को धर्मशाला गहवा चोकमा विहान ७ः३० बजे र वडा नम्बर ४ को लक्ष्मीनारायण पार्टी प्यालेसमा २० गते दिउँसो ३ बजे कार्यक्रम राखिएको छ । कार्तिक २१ गते वडा नम्बर १५ को भिस्वा स्थित कालीचोक, २२ गते वडा नम्बर १६ को नगवा प्रहरी चौकी नजिकै कार्यक्रम राखिएको छ ।
त्यसैगरी कार्तिक २३ गते वडा नम्बर १५ को लक्ष्मणुवा चोक र २४ गते वडा नम्बर १६ को इनर्वा चोकमा घरदैलो कार्यक्रम राखिएको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ (२) का सभापति अनिल सिंहले जानकारी दिनुभयो ।