सातौं परसवा गोल्डकपमा आज दुईवटा खेल हुदै
कृष्णमोहन साह
सेंढवा, १२ कार्तिक । पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा हिजोदेखि शुरु भएको सातौ परसवा गोल्डकप फुटबल प्रतियोगितामा आज दुईवटा खेल हुदैछन् । आज हुने लिग चरणको पहिलो खेल पकडीटोल र सिद्धपुरबीच हुनेछ । भने दोस्रो खेल परसवा र निजगढ –११ बाराबीच हुने आयोजकले जनाएको छ ।
न्यू एभरेष्ट क्लव परसवाद्वारा आयोजित ७ औ परसवा गोल्डकप २०८० मा १२ वटा टीमको सहभागिता रहेको छ । सेढवा, पकडीटोला, परसवा, ठोरी –१, बुद्धनगर, निचुटा, पटेर्वासुगौली देकुली र सिद्धपुर गरी आठवटा पर्साका टीम र निजगढ, बकुलिया र मनहर्वागरी बाराका तीन तथा भारत बिहारको इनर्वाबाट एउटा टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टीमलाई नगद रु दुई लाख ५० हजार र ट्रफी पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए । त्यस्तै दोस्रो स्थान हासिल गर्ने टीमलाई एक लाख २५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई चाँदीका बूट र बेस्ट स्कोररलाई चाँदीको फूटबल पुरस्कार दिईने छ ।