वीरगन्ज महानगरपालिकाद्वारा ३७१ स्वाब संकलन, परीक्षण रिपोर्ट दिनमा ढिलाई

बैशाख २४ गतेदेखि शुरु गरेको स्वाब संकलनमा अहिलेसम्म ३७१ जनाको स्वाब संकलन गरिएकोमा त्यसमध्य २६ जनामा कोरोना संक्रमण पुष्टि भएको आलमले बताउनुभयो । बाँकीको भने अहिले रिपोर्ट आउन बाँकी नै रहेको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले स्वाब संकलन र अस्थायी कोभिड अस्पताल तथा आईशोलेसन सेण्टर एकसाथ शुरु गरेको थियो । महानगरले संकलन गरेको स्वाबको रिपोर्ट आउन ढिलाई हुँदा असन्तुष्ट बनेको महानगरले आफैले एन्टिजेन परीक्षण गर्ने भनेपनि अस्पतालले एन्टिजेन भने उपलब्ध गराएको छैन । एन्टिजेन किट उपलब्ध नगराउँदा परीक्षणमा ढिलाई भएको हो । 

वीरगन्ज महानगरपालिकाद्वारा ३७१ स्वाब संकलन, परीक्षण रिपोर्ट दिनमा ढिलाई

वीरगन्ज महानगरपालिकाले स्वाब संकलन सुरु गरेको ६ दिनको दिन आज ४७ वटा स्वाब संकलन गरेको छ । हरेकदिन बिहान ७ बजेदेखि १० बजेसम्म महानगरपालिकाको बालमन्दिरमा स्वाब संकलन गर्ने गरिएको छ । बुधबार महानगरपालिकाले ४७ स्वाब संकलन गरेको महानगरपालिकाका स्वास्थ्यकर्मी जहिर आलमले जानकारी दिनुभयो ।

बैशाख २४ गतेदेखि शुरु गरेको स्वाब संकलनमा अहिलेसम्म ३७१ जनाको स्वाब संकलन गरिएकोमा त्यसमध्य २६ जनामा कोरोना संक्रमण पुष्टि भएको आलमले बताउनुभयो । बाँकीको भने अहिले रिपोर्ट आउन बाँकी नै रहेको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले स्वाब संकलन र अस्थायी कोभिड अस्पताल तथा आईशोलेसन सेण्टर एकसाथ शुरु गरेको थियो ।

स्वाब संकलनको गति बढाउनलाई अब एन्टिजेन परीक्षण पनि शुरु गर्ने महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । तर, अहिलेसम्म नारायणी अस्पतालले एन्टिजेन उपलब्ध नगराएकोले एन्टिजेन परीक्षणमा भने ढिलाई भएको छ । महानगरले संकलन गरेको स्वाबको रिपोर्ट आउन ढिलाई हुँदा असन्तुष्ट बनेको महानगरले आफैले एन्टिजेन परीक्षण गर्ने भनेपनि अस्पतालले एन्टिजेन भने उपलब्ध गराएको छैन । एन्टिजेन किट उपलब्ध नगराउँदा परीक्षणमा ढिलाई भएको हो ।