फागुन १ गते मधेस प्रदेशमा पनि सार्वजनिक बिदा
वीरगन्ज, २९ माघ । मधेस प्रदेशमा भोली सार्वजनिक विदा रहेको छ । फागुन १ गते भोली जनयुद्ध दिवसको सार्वजनिक विदा मधेस प्रदेश सरकरको राजपत्रमा नै प्रकाशित रहेको र मधेस प्रदेश सरकारको क्यालेण्डरमा पनि गरिएको छ ।
मुलुक संघीय संरचनामा गएपछि स्थानीय मौलिक पर्व तथा दिवसहरुमा स्थानीय सरकार र प्रदेश सरकारले पनि विदा दिने चलन शुरु भएको छ । प्रदेश सरकारले सार्वजनिक सूचना जारी नगरेपनि राजपत्रमा प्रकाशित रहेको र
प्रदेशको पात्रोमा समेत विदा लेखिएकोले भोली सार्वजनिक विदा नै रहेको मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिनुभयो । बागमती प्रदेशले पनि भोली सार्वजनिक विदा दिएको छ ।