ठोरी गाउँपालिकामा पशु हाट बजारको उदघाटन
कष्णमोहन साह
ठोरी, २३ भदौ । पर्साको ठोरी गाउँपालिकामा आज एक कार्यक्रमकाबीच पशु हाट बजारको उदघाटन गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले रिबन काटेर उदघाटन गर्नु भएको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ को बिजयबस्तीमा लाग्ने पशु हाट बजार हप्ताको दुई दिन आइतबार र बिहीवार लाग्ने बजार समितिका अध्यक्ष हरि प्रसाद सिलवालले जानकारी दिनुभयो । स्थापना गरिएको पशु हाट बजारले बजारले यश क्षेत्रका किसान हरुलार्इ पशुपालन तिर आकर्षित गर्ने र त्यसले ठोरीका जनता लाभान्वित हुने कार्यक्रममा वक्ताहरूले विश्वास व्यक्त गरेका थिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर थिङ, एमालेका ठोरी गाउँपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम प्रसाद यादव, डा. पुष्पेन्द्र साह, डा. दिनेश कुमार तिवारी, जिराभवानी गाउँपालिकाका पशु शाखा प्रमुख छत्रबहादुर साह, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्याम कृष्ण श्रेष्ठ, सशस्त्र प्रहरी बोर्डर आउट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक दिपक नापित
लगायत स्थानीयबासी र विभिन्न राजनीति दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । यससंगै पर्सामा जगरनाथपुर र बिजय बस्ती गरि दुइवटा पशु हाट बजार सन्चालनमा आएको छ। कार्यक्रम बजार समितिका अध्यक्ष हिरा बहादुर श्रेष्ठको सभापतित्वमा समपन्न भएको थियो । कार्यक्रमको संचालन स्थानीय गोपीलाल श्रेष्ठले गर्नुभएको थियो ।