पर्सा प्रहरीद्वारा ५१ लाख मूल्य बराबरका भन्सार छलिका कम्युटर पार्ट्स बरामद
वीरगंज, २८ असोज । पर्सा प्रहरीले करिब ५१ लाख मुल्य बराबरको भन्सार छली ल्याएको कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले एडी कम्युटर सप्लार्यसका सञ्चालकको घरमा छापामारी गरी उक्त परिमाणमा कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको हो ।
वीरगंज महानगरपालिका–५ स्थित ए.डि कम्प्युटर सप्लार्यसका संचालकको घरमा खानतलासी गर्दा कम्प्युटर, ल्यापटप र कम्प्युटरका पार्ट्स पर्सा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले ७० थान डेल कम्पनीको मिनी सीपीयू, ३२ थान डेल मिनी डेल सीपीयू विना सिस्टमको, डेल फुल सिस्टम ७६ थान, गोनिक्स हार्डडिक्स ८८ पिस, डेल मोनिटर ४२ थान, माउस ५ सय ५० पिस, मोनिटर वायर ३ सय १२ पिस, सिसिटिभि वायर १८ हजार मिटर, मदरबोर्ड २५ पिस, ग्राफिककार्ड ११ पिस बरामद गरेको छ ।
त्यस्तै कुलिङ्ग फ्यान १९ पिस, ल्यापटप चार्जर १ सय ३१ पिस, च्याट केबल १ रोल, ड्रिल मेसिन १ थान, कम्प्युटर ब्याट्री २ सय पिस, डेल कोर १५, ल्यापटप ८ थान र बिग्रेको ल्यापटप १ थान बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । बरामद सामानहरु आवश्यक कारबाहीका ला