१० जना सहसचिवको सरुवा, ६ जिल्लाका सीडीओ फेरिए

१० जना सहसचिवको सरुवा, ६ जिल्लाका सीडीओ फेरिए

वीरगन्ज, २५ भदौ । गृह मन्त्रालयले १० जना सहचिवको सरुवा गरेको छ । मन्त्रालयले गरेको सरुवा अनुसार अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ ।

विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा  मन्त्रालय भएको थियो। तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ ।

सुबेदीलाई दाङको सीडीओ बनाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याल लाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव  शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ ।

महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।