वीरगन्ज सामुदायिक आँखा अस्पतालद्वारा निःशुल्क आँखा शिविरको आयोजना 

वीरगन्ज सामुदायिक आँखा अस्पतालद्वारा निःशुल्क आँखा शिविरको आयोजना 

वीरगन्ज, ८ असार । वीरगन्ज आँखा अस्पतालले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ९ मा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ । वडा नम्बर ४ मा गरिएको आँखा शिविरमा १२१ जनाको आँखा परीक्षण गरिएको थियो ।

त्यसमध्य २३ जनामा मोतियाविन्दुको समस्या देखा परेको छ । त्यस्तै वडा नम्बर ९ को तेलिया टोलमा आयोजना गरिएको शिविरमा परीक्षण गरिएको ८० जना मध्य १६ जनामा मोतियाविन्दुको समस्या फेला परेको वीरगन्ज आँखा अस्पतालका कोअर्डिनेटर महेशसिंह धामीले जानकारी दिनुभयो ।

मोतिवाविन्दु फेला परेका बिरामीहरुको नगरपालिकाको आर्थिक सहयोगमा वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गर्ने धामीले बताउनुभयो । पर्सागढी नगरपालिकाको सहयोगमा आयोजना गरिएको आँखा शिविरमा नयन यादव लगायतको प्राविधिक टोलीले आँखा परीक्षण गरेका थिए ।