बाराका २० बर्षीय कोरोना संक्रममित युवकको मृत्यु 

बाराका २० बर्षीय कोरोना संक्रममित युवकको मृत्यु 

वीरगन्ज, १२ असोज । बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका छातापिपराका २० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भदौ २५ गते कडा खालको नियोनिया देखिएका उनलाई असोज ५ गतेसम्म एएमसी अस्पतालमा उपचार गरिएको थियो । असोज ६ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएकोमा गएराति ९ः४५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनाराण सिंहले जानकारी दिनुभयो ।