२८८ को पीसीआर परीक्षणमा ८२ जनामा संक्रमण, संक्रमण दर २८.३७ % झ¥यो
वीरगन्ज, ६ बैशाख । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाबाट मात्रै संकलन गरिएको स्वाब नमूनाको नारायणी अस्पतालमा पीसीआर परीक्षण गर्दा पर्साका ४३ जना सहित ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
पर्साका ४३, बाराका २२, रौतहट र सर्लाहीका ७/७ जना तथा धनुषा र महोत्तरीका एक एकजनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । हिजोको संक्रमण दर २८.३७ प्रतिशतमा झरेको छ । यसअघि अस्तीराति गरिएको २८८ जनाको स्वाब परीक्षणमा भने संक्रमण दर ३८.८० प्रतिशत देखिएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा अस्तीराति २८८ जनाको परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बैशाख २५ देखि यता दैनिक हुदै आएको परिक्षणमा संक्रमण दर पनि घट्दै आएको छ । बैशाख २५ देखि अस्तीराति जेठ ४ गते राति सम्म ३ हजार २ सय २९ जनाको परिक्षण गर्दा १ हजार ३ सय ४१ जनामा संक्रमण देखिएको छ । कूल संक्रमितहरुको संख्याको आधारमा अहिले सक्रमण दर घटेर ४१.५२ आईपुगेको हो ।
बुधबार पाँचजना संक्रमितको मृत्यु
वीरगन्जमा कोरोना संक्रमणले हिजो थप ५ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत पर्साको कालीकामाइ गाँउपालिका वडा नम्बर ४ पशुरामपुरका ४९ बर्षीय पुरुष र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १३ डुमरवानाकी ३० बर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका वडा नम्बर ८ की ५१ बर्षीया महिलाको पनि मृत्यु भएको छ । यस्तै नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर २ की ५८ बर्षीया महिलाको मृत्यु भएको छ ।
वीरगन्जको तराइ हस्पिटलमा उपचाररत पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर १ की ४२ बर्षीया महिलाको बुधबार बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको छ । यसअघि अस्ति मंगलवारराति पनि वीरगन्जका विभिन्न अस्पतालमा ४ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।