खोप नलगाएका कोभिड संक्रमितको मृत्यु 

खोप नलगाएका कोभिड संक्रमितको मृत्यु 

वीरगन्ज, ११ माघ । नारायणी अस्पतालमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ का ६० बर्षीय पुरुषको आज बिहान पौने ५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कडा खालको निमोनियाबाट ग्रसित उनको कोरोना संक्रमणका कारण मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो । उनले कोरोना विरुद्धको खोप नलगाएको डा.सिंहको भनाई छ ।