प्रभु अस्पतालमा दाँतको उपचार सेवा शुरु
वीरगन्ज, १७ जेठ । वीरगन्जको पानी टंकीमा रहेको प्रभु अस्पतालम दन्त उपचार सेवा पनि सुरु भएको छ । प्रभु अस्पतालमा स्थापना गरिएको दाँत क्लिनिकको आज उदघाटन गरिएको छ । दाँत क्लिनिकको दन्तरोग विशेषज्ञ डाक्टर मनोज उपाध्यायले उदघाटन गर्नुभएको हो ।
डाक्टर ज्योती गुप्ताले दाँत उपाचारको सेवा दिने प्रभु अस्पतालका बरिष्ठ सर्जन डाक्टर मनोज कुमार गुप्ताले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ८ का वडा सदस्य गफार मियाँ, प्रभु अस्पतालका बरिष्ठ सर्जन डाक्टर मनोज कुमार गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ता, अस्पतालका नर्स र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अस्पतालमा स्थापना गरिएको दाँत उपचार केन्द्रमा दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने दन्तरोग विशेषज्ञ डाक्टर ज्योति गुप्ताले बताउनुभयो ।