साहस ऊर्जाको आइपिओ बिक्री खुला

साहस ऊर्जाको आइपिओ बिक्री खुला

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गरेको हो ।

७० लाख कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ ।

बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

उक्त आइपिओमा सर्वसाधारणले छिटोमा असोज १० गतेसम्म र उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति थप हुनेछ । कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।