मगर मौलिक संस्कृतिलाई सूचीकृत गर्न माग गर्दै संस्कृति मन्त्रीलई ज्ञापनपत्र 

मगर मौलिक संस्कृतिलाई सूचीकृत गर्न माग गर्दै संस्कृति मन्त्रीलई ज्ञापनपत्र 

वीरगन्ज, १८ माघ । मगर समुदायको मौलिक संस्कृतिलाई नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचकृति गर्न नेपाल मगर संघले माग गरेको छ । नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर लगायात केंद्रीय समिति र भ्रातृ संस्थाहरूको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई  ज्ञापनपत्र बुझाएको हो ।

मगर संघले मगर मौलिक अमूर्त संस्कृतिहरुलाई  नेपाल सरकारको राष्ट्रिय सूचिमा सूचिकृत गर्नुपर्ने, नेपालक प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गरि राज्यले फागुन २ गते शहीद दिवसको रुपमा सार्वजनिक बिदा दिनुपर्ने, एतिहासिक मगरात वस्तीलाई पर्यटकीय गन्तव्यको सूचामा राख्नुपर्ने, मगर मातृभाषालाई  पनि प्रदेश र स्थानीय सरकारको कामकाजी  भाषा बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

नेपालमा बसोवास गर्ने आदिवासी जनजाति समुदाय मध्य जनसंख्यामा पहिलो रहेको मगर समुदायको भाषा, भेषभूषा, संस्कृति पनि विविध रहेकोले त्यसको संरक्षणका लागि राज्यको ध्यान जान जरुरी रहेको संघका अध्यक्ष पुन मगरले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै संस्कृति मन्त्री किराँतीले सबै आदिवासी जनजाति समुदायका भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सरकारले समान दृष्टिकोणले व्यहार गर्ने बताउनुभयो ।