महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा सञ्चालक र व्यावस्थापकलाई सम्पत्तिसुद्धीकरण सम्बन्धी तालिम 

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा सञ्चालक र व्यावस्थापकलाई सम्पत्तिसुद्धीकरण सम्बन्धी तालिम 

वीरगन्ज, ३ मंसिर । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सञ्चालकहरु र उच्च व्यवस्थापकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।

काठमाण्डौमा मंसिर २ गते संचालित तालिम कार्यक्रममा संचालक समितिका अध्यक्ष लगायत सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत देखि बरिष्ठ सहायक महाप्रबन्धकहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापममा वित्तिय लागानी निवरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १८ गते आफ्ना शाखा प्रबन्धकहरुलाई होटल ल्याण्डमार्क, सौराहामा तथा कार्तिक २० गते  अभिकर्ता, एजेन्सी म्यानेजर र सिनियर एजेन्सी म्यानेजरहरुलाई होटल सेभेन स्टार, सौराहामा यस सम्बन्धी प्रशिक्षण दिएको थियो ।

महालक्ष्मी लाईफले प्रत्येक वर्ष आफ्ना कर्मचारी, अभिकर्ता र संचालकहरुलाई सम्पत्ति शुद्धिकरण तथा  आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिदै आएको छ । बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिकामा प्रत्येक बीमा कम्पनीहरुले यस सम्बन्धी प्रशिक्षण अनिवार्य रुपमा प्रदान गर्न निर्देशन जारी गरेको छ ।