प्राईम लाईफ इन्स्योरेन्सद्वारा ३ करोड २० लाखको आयकर छलि, १० हजार जरिवाना गराई उन्मुक्ति
वीरगन्ज, १९ माघ । प्राईम लाईफ इन्स्योरेन्स लिमिटेडले ३ करोड २० लाखको आयकर छलि गर्दा समेत १० हजार मात्रै जरिवाना गराएर उन्मुक्ति दिएको पाईएको छ ।
प्राईम लाईफ इन्स्योरेन्सले हुदैं नभएको कर्मचारीको नाममा आर्थिक बर्ष ०७५÷०७५ र ०७५÷७६ मा ३ करोड २० लाखको खर्च देखाएर आयकर छलि गरेको वीमा समितिले जनाएको छ । कर्मचारी नभएपनि गलत खर्च देखाएर आयकर छलि गरेपनि वीमा समितिले भने प्राईम लाईफ कम्पनीलाई १० हजार मात्रै जरिवाना गरेको छ ।
आयकर ऐन २०५८ अनुसार जानी जानी कुनै कर छलि गरेमा शतप्रतिशत जरिवाना र हालसम्मको १५ प्रतिशतको दरले ब्याज लाग्नुपर्ने हो । तर, वीमा समितिले भने १० हजार मात्रै जरिवाना गरेको छ । खर्च बढी हुँदा नाफा कम हुन आउछ बिमा कम्पनीहरुको नाफामा ३० प्रतिशत आयकर लाग्छ ।
यस अनुसार प्राईमलाईफ इन्स्योरेन्सले ३ करोड २० लाखको ३० प्रतिशतले हुन आउने आयकरको रकम छलि गरेको स्पष्ट देखिन्छ । यसरी हिसाब गर्दा प्राईम लाईफ इन्स्योरेन्सले झण्डै १ करोडको आयकर छलि गरेको देखिन्छ । तर, यसमा आन्तरिक राजस्व कार्यालय र महालेखा परीक्षणको कार्यालयको भने ध्यान गएको छैन ।
आन्तरिक राजस्व कार्यालय र महालेखा परीक्षणको कार्यालयले यो विषयमा केही बोलेको छैन । वीमा समितिले भने आपूmले कारवाही गर्नपाउने क्षेत्राधिकार भित्रको मात्रै जरिवाना गरेर उन्मुक्ति दिएको देखिएको छ ।