वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्वारा २ नम्बर बाहिनी मुख्यालयको अवलोकन भ्रमण
वीरगन्ज, १९ माघ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा.सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घका पूर्वअध्यक्ष, सङ्घका पदाधिकारी सहितको एक टोलीले सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयको अवलोकन भ्रमण गरेको छ ।
उक्त भ्रमणका क्रममा भ्रमण टोलीले सशस्त्र प्रहरीबलको सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाण्डौंमा हालै सम्पन्न २१ औ सशस्त्र प्रहरी दिवसको अवसरमा छिन्नमस्ता वाहिनीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट वाहिनीको अवार्ड प्राप्त गरेकोमा वाहिनी प्रमुख सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेशबहादुर ठाडा मगरलाई बधाई समेत ज्ञापन गरेको थियो ।
अवलोकनको क्रममा सशस्त्र प्रहरी प्रधान कार्यालयले सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्तालाई समेत सम्मान पत्र प्रदान गरी सम्मान गरेकोे थियो । सोही अवसरमा सङ्घका अध्यक्ष डा. गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको
अवस्था बारे अवगत गराउँदै विगतमा यस औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रुपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाई राख्नु उतकृष्ट काम गरि रहेको र अहिले सरकारले
उक्त टास्क फोर्सलाई हटाइएको र हटाएको टास्क फोस्सलाई पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरताका लागि डिआईजी ठाडा मगरको ध्यानाकर्षण गराउनु भएको थियो ।
नायब महानिरिक्षकले भ्रमण टोलीको स्वागतका साथै आभार व्यक्त गर्दे वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु आफु तत्पर रहेको बताउनु भएको थियो भने, टास्क फोर्स पुनः गठनका लागि आवश्यक सल्लाह सुझाव हेतु मधेश प्रदेश छिन्नमस्ता वाहिनी सदैव साथमा रहने बताउनु भएको थियो ।
भ्रमण टोलीमा सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, अशोककुमार बैध, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष द्वय हरि गौतम, माधव राजपाल सङ्घका सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेम चन्द्र गोयलको सहभागिता रहेको थियो ।