वीरगन्ज उद्योग वाणिज्य संघ र औषधि उत्पादक संघको प्रहरीलाई सहयोग
वीरगन्ज, २२ बैशाख । वीरगन्ज उद्योग वाणिज्य संघ र औषधी उत्पादन संघले जिल्ला प्रहरी कार्यालय पर्सालाई विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा उपचारको लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधी उत्पादन संघ सँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय, पर्सालाई १ सय मि.लि. को ७३० थान सेनेटाईजर, ५ लिटरको ४ ग्यालेन (२० लिटर) सेनिटाईजर,
फेस सिल्ड १ सय थान, ओक्सीमिटर ४ थान र कोभिडको उपचारको लागि आवश्यक पर्ने विभिन्न औषधि सहितको प्याकेट २२० थान सामग्री सहयोग गरेको छ । त्यस्तै ४ सय थान सेनेटाईटर सशस्त्र प्रहरीलाई पनि उपलब्ध गराएको छ । विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ रोगको संक्रमण नियन्त्रणको लागि स्थानिय स्तरमा वीरगंज उद्योग वाणिज्य संघले सहकार्यलाई निरन्तरता दिएको सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले बताउनुभयो ।
कोभिड–१९ महामारीको बेला सङ्घले नेपाल भारत सिमानाका इनर्वामा आउने जानेहरुका लागि सहजीकरणको व्यावस्था गरेको तथा नारायणी अस्पतालमा उपचारार्थ आउने बिरामीहरुका लागि सहजताका लागि अस्थायी रुपमा टेण्ट तथा चिसो पिउने पानीको समेत व्यवस्था गरेको सङ्घका अध्यक्षले जानकारी गराउनु भयो ।