वीरगन्ज उद्योग वाणिज्य संघसँग काभ्रे र धुलिखेल उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध कायम 

वीरगन्ज उद्योग वाणिज्य संघसँग काभ्रे र धुलिखेल उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध कायम 

वीरगन्ज, १४  चैत्र । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले काभ्रे उद्योग वाणिज्य सङ्घ र धुलीखेल उद्योग वाणिज्य सङ्घसँग छुट्टाछुट्टै समारोहमा व्यापार विस्तार र आपसी समन्वय र सहकार्यको लागि भगिनी सम्बन्ध कायम गरेको छ । 

समकक्षी जिल्ला उद्योग वाणिज्य सङ्घहरुसँग भेटघाट र एक अर्का सङ्घहरुले आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्याहरुलाई एक–अर्का सङ्घबीच साझा गर्ने र अवसर, सम्भावना र समस्याहरुलाई सम्बद्ध सङ्घहरुले आ–आफ्नो संस्था मार्फत् एकीकृत रुपमा उठान गरी सरोकारवाला निकायहरु समक्ष पु¥याउन संस्थागत रुपमा प्रभावकारी पहल गर्ने साझा अभिमत निर्माण गर्ने उद्देश्यले यस सङ्घले काभ्रे र धुलीखेल उद्योग वाणिज्य सङ्घसँग भगिनी सम्बन्ध स्थापना गरेको हो ।

त्यस्तै भक्तपुर उवासङ्घसँग उद्योग, व्यापार, पर्यटन, कर, भंसार, राजस्वसँग सम्बन्धित समस्याहरुका बारे भक्तपुर उवासङ्घकै कार्यकक्षमा एक वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । वीरगञ्ज उवासङ्घको तर्फबाट अध्यक्ष डा. सुबोधकुमार गुप्ताले गर्नुभएको थियो भने काभ्रे उवासङ्घको तर्फबाट अध्यक्ष राजेन्द्र पसाचे र धुलीखेल उवासङ्घको तर्फबाट अध्यक्ष मञ्जुकुमार कोजुले स्मृति–पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज उवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउनु हुँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका बारे अवगत गराउनु भयो ।

उहाँले विभिन्न मन्त्रालयका मन्त्री, सचिव, विभागका महानिर्देशक लगायत सम्बन्धित निकायहरुसँग भेटघाटको क्रममा वीउवासङ्घबाट उठाइएको कर, राजस्व, भंसार, स्थानीय कर, पूर्वाधार विकास, औद्योगिक विकास, शान्ति सुरक्षा लगायतका मुद्दाहरुलाई राष्ट्रियस्तरमा उजागर गरी सोको समाधानको लागि आपसी समन्वय एवम् सहकार्यको आवश्यकता रहेको उद्योग वाणिज्य सङ्घहरुको संयुक्त पहल एवम् प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँहरुले यस क्षेत्रको उद्योग, व्यापार, व्यवसायको साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्याण्डी क्राफ्ट्सको विकास र प्रबद्र्धनको लागि सहकार्य गर्न जोड दिनुभएको थियो । साथै वीउवासङ्घबाट उठाइएका मुद्दाहरुमा राष्ट्रियस्तरमा उजागर गरी सोको समाधानको लागि आपसी समन्वय एवम् सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यसमिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।