सरिसवा नदी प्रदुषणमुक्त अभियानद्वारा वीरगञ्ज महानगरपालिका कार्यालय अगाडी धर्ना 

सरिसवा नदी प्रदुषणमुक्त अभियानद्वारा वीरगञ्ज महानगरपालिका कार्यालय अगाडी धर्ना 

वीरगन्ज, १४ चैत्र । सरिसवा नदी प्रदुषणमुक्त अभियानद्धारा सोमबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी दुई घण्टा धर्ना दिएका छन् । अभियानकर्ताहरुले महानगरपालिलाई प्रदूषित हुनबाट बचाउन ध्यानाकर्षणका लागि दबाब मुलक कार्यक्रम गरेका हुन् । 

धर्ना तथा प्रदर्शनमा अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीले वीरगञ्ज महानगरपालिका अब महानरकपालिकामा परिणत हुनबाट जोगाउनु पर्नेमा जोड दिनुभयो । अभियानका सदस्य बृजेश्वर प्रसाद चौधरीले अभियानको १० बुदे माग सुनवाई नभए सम्म आन्दोलन जारी रहने जानकारी दिनु भयो ।

लगातार तीनवर्ष सम्म पनि बारम्बार संघर्ष गर्दा समेत सम्बन्धित निकायले कानमा तेल हालेर बसेको अभियान्ता चौधरीको भनाई छ । अर्का अभियानता तथा राजनितिकर्मी रम्भा मिश्रले नदीलाई प्रदूषणमुक्त गराउन सधै साथ दिने बताउनु भयो ।

वहाँले आस्थाको प्रतीकको रुपमा रहेको नदीलाई प्रदुषणमुक्त नगरे महानगर थप दुर्गन्धित हुने बताउनु भयो । अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीको अध्यक्षतामा भएको धर्नामा वीरगञ्जका विभिन्न स्थानका संघसंस्थाका युवाहरुको पनि सहभागीता रहेको थियो ।