पर्साको ठोरीमा भालुको आक्रमणबाट श्रीमान श्रीमती घाइते
वीरगन्ज, २० माघ। पर्साको ठोरी गाउँपालिकामा भालुको आक्रमणमा परी श्रीमान श्रीमती घाईते हुनुभएको छ । शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा ठोरी–३ रामनगरका रामनगरका बिबिलाल लोप्चन र उहाँकी श्रीमती सुकमाया तामाङ घाईते हुनुभएको हो ।
घाँस काटेर फर्किने क्रममा बिबीलालकी श्रीमतीलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उहाँका श्रीमान समेत घाइते भएको स्थानीयले बताएका छन् । जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ ।
श्रीमान बिबिलालको अवस्था भने सामान्य रहेको स्थानीयबासीले बताएका छ्न । घाइते दुबैको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।