महानगर प्रमुख सरावगीद्वारा विद्यालय भवन उदघाटन र साईकल वितरण 

महानगर प्रमुख सरावगीद्वारा विद्यालय भवन उदघाटन र साईकल वितरण 

वीरगन्ज, २३ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाको वडा नम्बर १६ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय भवनको उद्घाटन गर्नुभएको छ । महानगर प्रमुख सरावगीले महानगरपालिकाको वडा नम्बर १६ मा संघीय सरकारको सशर्त अनुदानमा निर्माण गरिएको विद्यालयको चारकोठे भवनको बुधबार शिलान्यास गर्नुभएको हो ।


भवन शिलान्यास गर्दै महानगर प्रमुख सरावगीले सामाजिक विकास विना विकासको प्रारम्भिक चरण भएकोले सामाजिक विकासका लागि स्वास्थ्य र शिक्षा अनिवार्य भएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि स्वस्थ मानव र मस्तिष्क आवश्यक भएकोले महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई नै प्राथामिकतामा राखेको बताउनुभयो । पूर्वाधार संरचनाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट महानगरापालिकावासी बञ्चित नहोस भन्ने विषयमा आपूm चिन्तित रहेको बताउनुभयो ।


विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रधानाध्यापक गोपाल प्रसाद महतो लगायतको उपस्थिति रहेको थियो । यसैबीच महानगर प्रमुख सरावगीले सोही विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल समेत वितरण गर्नुभएको छ । प्रदेश सरकारको “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तर्गत उपलब्ध साईकल विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो । राष्ट्रिय माध्यामिक विद्यालय नगवाका ४६ जना छात्रालाई साईकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद महतोले जानकारी दिनुभयो ।