एसइइ परीक्षामा गौतम माविकी राशी पराजुली उत्कृष्ट 

एसइइ परीक्षामा गौतम माविकी राशी पराजुली उत्कृष्ट 

वीरगन्ज, १५ साउन । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वीरगन्जको गौतम माध्यामिक विद्यालयकी छात्राले उत्कृष्ट अंक जीपीए ग्रेड ल्याएकी छिन् । नेपालभर प्राप्त ४२ जना जीपीए ४ ग्रेड विद्यार्थीहरु मध्ये वीरगन्जको गौतम माध्यामिक विद्यालयकी छात्रा सूश्री राशी पराजुलीले पनि जिपिए ४ प्राप्त गरेकी हुन् । राशी पर्सा जिल्लाकै जीपीए ४ ग्रेड ल्याउने एकमात्र छात्रा हुन् । 

यसवर्ष गौतम माध्यामिक विद्यालयबाट एसईई परीक्षामा सम्मिलित १६९ जना परीक्षार्थी संख्या मध्ये जिपिए ४ ग्रेड ल्याउने राशी एकजना,  एं प्लस ग्रेड ल्याउने ३५ जना, ए ग्रेड ५९ जना, बीं ग्रेड ४८ र बी ग्रेड २७ जना विद्यार्थीहरुले प्राप्त गरेको गौतम माध्यामिक विद्यालयका शिक्षक सौराज प्रधानले जानकारी दिनुभयो ।  

कोरोना महामारीको अवस्थामा अनलाइन तथा सामान्य अवस्थामा फर्किएपछि भौतिक उपस्थितिमा कक्षामा सहभागी भएर ४ जीपीए ग्रेड ल्याउनुले ठूलो उपलब्धी भएको उहाँले बताउनुभयो । कोरोना संक्रमण महामारीका कारणले  परीक्षा नहुँदा विद्यार्थीहरुमा मनोवैज्ञनिक प्रभावहरु देखा पर्ने चिन्ता भएपनि यसपटक भएको एसईई परीक्षामा भने उत्कृष्ट नतिजा हासिल गर्नु आफैँमा प्रशंसनीय रहेको प्रशासन प्रमुख रमेश कुमार शर्माले बताउनुभयो ।

यसबर्षको एसईई नतिजाले थप हौसला बढाएको र आर्थिक  राजधानी वीरगन्जलाई  शैक्षिक (हब) को रूपमा स्थापित गर्ने गौतम स्कुलको भावी योजना रहेकोे र त्यस तर्फ विद्यालय अग्रसर रहेको पनि उहाँले बताउनुभयो ।