इन्धनको मूल्यमा फेरी वृद्धि

वीरगन्ज, ३० भदौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।
निगमले गरेको मूल्य समायोजन अनुसार काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल÷मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७२ भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल÷मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।