वैदेशिक अध्ययनमा ११ महिनामा बाहिरियो ७५ अर्ब १४ करोड 

वैदेशिक अध्ययनमा ११ महिनामा बाहिरियो ७५ अर्ब १४ करोड 

वीरगन्ज, २५ असार । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि ७५ अर्ब १४ करोड रुपैंया विदेशिएको छ । नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको हो ।

नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो । सेवा आयतर्फ सबैभन्दा ठूलो रकम पर्यटनमार्फत हुन्छ ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको नेपाल राष्ट्रबैंकले जनाएको छ । ११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९३.८ प्रतिशत धेरै हो । सो आवमा भ्रमण आय २६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।