वीरगन्जको हरिखेतान क्याम्पसमा डोजर पस्यो

वीरगन्जको हरिखेतान क्याम्पसमा डोजर पस्यो

वीरगन्ज, २५ असार । शक्तिकेन्द्रको पहुँचमा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको  हरिखेतान बहुमुखी क्याम्पसको संरचना वीरगन्ज महानगरपालिकाको डोजर पसेर भत्काईदिएको छ । महानगरपालिकाले सार्वजनिक नालामाथि बनाईएको संरचना भत्काउन पटक पटक आग्रह गर्दा समेत क्याम्प्सले अटेर गरेपछि सोमबार महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह आफै उपस्थित भएर डोजरले सार्वजनिक संरचना भत्काउनु लगाउनु भएको हो ।

क्याम्पसले सार्वजनिक नालामाथि संरचना बनाउँदा नाला सफाईमा अवरोध भएको र पटक पटक हटाउन पत्राचार गर्दा, भेटेर आग्रह गर्दा समेत क्याम्पस प्रशासनले अटेर गरेपछि सोमबार महानगर प्रमुख सिंह सहितको टोली डोजर लिएर गएर संरचना भत्काएको हो ।

सार्वजनिक नालामाथि गरिएको अतिक्रमण हटाउने क्रममा हरिखेतान क्याम्पसको संरचना पनि महानगरले भत्काउन थालेको हो । वीरगन्जलाई डुबानबाट जोगाउन सार्वजनिक ढल नाला सफाई गर्दा नालामाथि बनाईएका संरचनाले अवरोध गरेकोले नालामाथिको संरचना हटाउने कार्यलाई महानगरपालिकाले तीब्रता दिएको छ ।