जसपाका सचेतकको पहलमा गठन गरेको समानान्तर कमिटि अवैधानिक ठहर
बीरगंज, १७ असोज। जनता समाजवादी पार्टी नेपालका सचेतक एवं पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले गठन गरेको समानान्तर जिल्ला कमिटि अवैधानिक भएको छ ।
प्रदेश कमिटीको असोज १६ गते जनकपुरमा सम्पन्न कार्यकारणी समितिको बैठकले सचेतकको उपस्थितिमा सिंगासन साह तेलीको अध्यक्षतामा गठन भएको जसपा नेपाल पर्साको समानान्तर कमिटि अवैधानिक ठहर गरेको हो ।
बैठकले असोज १० गते समानान्तर भेला राखेर सिगासन साह तेलीको नेतृत्वमा निर्माण गरिएको जिल्ला समितिलाई बिधान बिपरित भएको ठहर आन्तरिक सर्कुलर गरेको स्रोतले जनाएको छ ।
अब जसपा नेपाल पर्सामा रामनरेश यादवको नेतृत्वमा रहेको जिल्ला समितिले पार्टीको कार्य सम्पादन गर्ने छ । प्रदेशको यो निर्णयले समानान्तर समितिको नेतृत्व गरेका साहलगायतका नेताहरु पनि पुरानै समितिमै संगठित हुने भएका छन् ।
पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादवको अध्यक्षतामा र मधेश प्रदेशका इन्चार्ज मृगेन्द्र सिंह यादव र सह इन्चार्ज उर्मिला साह ,दीपक कार्कीको बिशेष उपस्थितिमा भएको बैठकले पर्साको बिषयलाई महत्व दिदै एउटा राजनीतिक कार्यदल निर्माण गरेको छ ।
कार्यदलमा प्रदेश अध्यक्ष रामबाबु यादव, उपाध्यक्ष रामपृत पासवान,उपाध्यक्ष सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेका छन । कार्यदलले पर्साको विवादको बिषयमा छलफल गरि निष्कर्ष निकाल्ने स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टीको प्रदेश समितिको यो निर्णय संगै पर्सा जिल्लाको बिवाद बैधानिक दायारामा आएको छ । पार्टीहरु अहिले जनतातर्फ फर्किदै अभियानहरु चलाईरहँदा जसपा पर्साको भने एक पक्षले समानान्तर कमिटि गठन गरेपछि विवाद छताछुल्ल भएको थियो ।
पार्टीको बिधान र प्रणाली विपरित भएको गतिविधिले पार्टी संगठन नै कमजोर हुने भन्दै पार्टीपंक्तिमा व्यापक बहस शुरु भएको थियो । प्रदेशको कार्यकरणी समितिले पर्सामा २५ र २६ गते संगठन बिस्तार अभियान अन्र्तगत कार्यक्रम गर्ने भएको छ । त्यसको लागि उपाध्यक्ष सुशिल कुमार यादवलाई जिम्मेवारी दिएको छ ।
जसपाले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु मध्य दोहोरो जिम्मेवारी रहेकाहरुलाई पनि एउटा जिम्मेवारीमा सीमित गर्ने गरि नीति पारित गरेको छ । एक पद एक जिम्मेवारीलाई कार्यान्वयनमा लैजानेगरि निर्णय भएको जसपाका एक नेताले बताए ।