गोर्खा भर्ती पुनरावलोकन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश 

गोर्खा भर्ती पुनरावलोकन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश 

काठमाडौं, २४ माघ । गोर्खा भर्तीमाथि पुनरावलोकन गर्न सरकारका नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । ब्रिटिश गोर्खा भूतपूर्व संगठनका अध्यक्ष पदम लिम्बुले सन् १९४७ को सम्झौता खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

सोही माग सम्बन्धमा पेश भएको रिट निवेदनमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो ।  संगठनले असमान प्रकृतिको रहेको भन्दै सम्झौता खारेज हुनुपर्ने माग राखेको थियो ।

त्यतिबेला नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौताका आधारमा नेपालीहरु बेलायती सेनामा भर्ती हुदै आएका छन् ।