तस्करीको मदिरा र कपडा सशस्त्र प्रहरीद्वारा बरामद
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासले विभिन्न स्थानबाट तस्करीको सामान बरामद गरेको छ । छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वाड सहितको टोलीले भारततर्फ तस्करी गरी लैजादै गरेको भारतीय नम्बरको सवारी साधन सहित मदिरा बरामद गरेको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नमबर २ कमलपुरबाट डिएल.४ सिआर १९३२ नम्बरको भारतीय क्वार्लिस गाडीमा र अनटेष्ट लेखिएको अपाचे मोटरसाईकलमा भारतर्फ तस्करी भईरहेको एकलाख मूल्य बराबरको मामाश्री ब्राण्डको मदिरा सहित गाडी र मोटरसाईकल बरामद गरेको सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले सवारी चालक भारतको मधुवनी जिल्ला महथर खुद्र ग्राम पञ्चायत वडा नम्बर ३ बस्ने २२ बर्षीय पप्पु यादवलाई पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।
बरामद गरिएको मदिराको मूल्य अन्दाजी २ लाख ५० हजार, मोटरसाईकलको मूल्य अन्दाजी एकलाख र क्वार्लिस गाडीको मूल्य अन्दाजी ९ लाख कूल १२ लाख ५० हजार मूल्यांकन गरी आवश्यक कारवाहीका लागि प्रहरीलाई सोमबार साँझ बुझाईएको जानकारी दिनुभयो ।
त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको एकलाख ५९ हजार मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिनुभयो ।