माओवादी केन्द्रका युवा नेताको पहलमा महानगरको दुईवटा सडक निर्माण
वीरगन्ज, २ साउन । नेकपा माओवादी केन्द्रका युवा नेता अभिताभबच्चन दास ‘रोहित’ को पहलमा महानगरपालिकाको दुई स्थानमा सडक निर्माण भएको छ । विद्यार्थी राजनीतिदेखि नै माओवादीमा सक्रिय युवा नेता दासको पहलमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ वीरगन्ज चिनी कारखाना आवासक्षेत्रदेखि पश्चिम राधेमाईसम्म जोड्ने १०० मिटर सडक र दुवैतर्फको नाला ढलानको निर्माण कार्य भएको छ ।
आवासक्षेत्रदेखि पश्चिम रोधमाई जोड्ने १४ नम्बर वडाको सडक ४५ लाखको लागतमा निर्माण भएको हो । त्यस्तै महानगरपालिकाकै वडा नम्बर २७ जसौली चोकदेखि जसौली पुलसम्मको १०० मिटरको दुवैतर्फको नाला र सडक पनि ४५ लाख लागत निर्माण भएको छ । दुवै सडक बोलपत्र मार्फत ठेक्का भई निर्माण गरिएको हो । नेकपा (माओवादी केन्द्र) पर्सा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दासकै पहलमा महानगरपालिकाको वडा नम्बर १४ र २७ को उक्त सडक निर्माण भएको हो ।
शहरी विकास मन्त्रालय मातहतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगन्जबाट बजेट निकासा भई दुवै सडक निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज कार्यालयले जनाएको छ ।