बाराको कलैयामा पनि निःशुल्क अक्सिजन बैंक सेवा 

बाराको कलैयामा पनि निःशुल्क अक्सिजन बैंक सेवा 

वीरगन्ज, १ जेठ । तीब्र फैलिएको कोरोना भाईरस संक्रमणका कारण अहिले अस्पतालहरुमा अक्सिजनको अभाव हुनथालेपछि बाराको कलैयामा पनि अक्सिजन बैंक संचालनमा ल्याएको छ । अक्सिजन अभावमा मानिसको ज्यान नै जान थालेपछि कलैयामा विभिन्न संघ संस्थाले अक्सिजन बैंकको स्थापना गरी संचालनमा ल्याएको हो ।

लायन्स क्लब अफ बाराको पहलमा बारा उद्योग वाणिज्य संघ, मारवाणी सेवा समाज, भ्वाईस अफ बारा लगायतका संघ संस्थाहरुले कलैयामा निःशुल्क अक्सिजन तथा माक्स वितरण शुरु गरेको युवा समाजसेवी विनय गुप्ताले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संचालनमा ल्याएको अक्सिजन बैंकबाट अति आवश्यक परेका बिरामीहरुको लागि निःशुल्क अक्सिजन उपलब्ध गराईने जनाएको छ । त्यस्तै माक्स पनि निःशुल्क वितरण गरिदै छ ।