सरकारलाई असफल बनाउन देशी विदेशी शक्ति लागेका छन् : माओवादी उपाध्यक्ष सापकोटा

सरकारलाई असफल बनाउन देशी विदेशी शक्ति लागेका छन् : माओवादी उपाध्यक्ष सापकोटा

वीरगन्ज, २१ असोज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार बिभागका प्रमुख अग्नी सापकोटाले अहिले सरकारलाई असफल बनाउनका लागि भने देशी बिदेशी शक्तिहरु लागि नै रहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय भेला तथा अभिमूखीकरणका लागि वीरगन्ज आएका सापकोटाले यस्तो बताउनु भएको हो । 

प्रेस सेन्टर पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष सापकोटाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदरको कुनै संभावना नै नरहेको स्पष्ट पार्नुभयो । बर्तमान सत्ताको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै काँग्रेसको केन्द्रीय समितिको बैठकमा नै गठबन्धन लामो समय जाने भनेर भनिसकेका गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको हो ।

बर्तमान गठबन्धनमा कुनै दरार नआउदैन भन्द एमाले र माओवादीकाबीचमा कुनै तालमेल वा एकता हुने संभावना अहिले नरहेपनि बाम एकताको पक्षमा भने आफूहरु संधै रहेको बताउनुभयो । यसअघि आइतबार नै वीरगन्जमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको प्रचार तथा प्रकाशन बिभागले वीरगन्जमा आयोजना गरेको अभिमुखकरण तथा कार्यशालामा बोल्दै सापकोटाले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको बिश्वास बढ्दै गइरहेको दावी गर्नुभयोे ।  

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेशमा धेरै परिवर्तन भएको दावी गर्नुभयो । प्रेस सेन्टरका उपाध्यक्ष एवम् मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान, तीन महिने अभियानका संयोजकहरु क्षेत्र बहादुर श्रेष्ठ अनिल, प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, राजु खड्का, वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा, राजन पौडेल लगायत माओवादी नेताहरुले बोलेका थिए । 

यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले पार्टीको तीन महिने अभियानका लागि मधेस प्रदेश अभियान प्रचार प्रसार संयन्त्र गठन गरेको छ । पार्टीको अभियानलाई व्यापक प्रचार प्रसार गरी आम जनतासम्म पु¥याउन संयन्त्र गठन गरिएको हो ।  

प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय संयन्त्र गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रभाकर गुप्ता, मूकेश साह, जितेन्द्र श्रीवास्त, भक्ति रिजाल, जयप्रकाश मण्डल, छेदी रजक, निरज पिठाकोटे मगर, प्रदीप गौतम, रानी साह, क्षितिज विक, निराजन साह, विनोद महतो रहेका छन् । यसैगरी जीवस मण्डल उदासी, जितेन्द्र गुप्ता, पुजन सिंह, सुजन पुडासैनी, विनिता दाहाल पनि सदस्यमा चयन गरिएको छ ।