जनताले विचार र सिद्धान्त चाहेका छैनन् भनेर खतरनाक भाष्य निर्माण गर्न कोशिस गरिएको छ : अग्नी सापकोटा
वीरगन्ज, २२ असोज । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटा ‘कन्चन’ ले जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भनेर भाष्य सृजना कोशिस भईरहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशको भेला तथा अभीमूखीकरण कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले खतरनाक भाष्य सृजना गरेर जनतालाई भ्रममा पार्न खोजिएको बताउनुभयो ।
उहाँले जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने भाष्य सृजना गर्ने र जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयासहरु भईरहेकोले यसतर्फ जनता सचेत हुनुपर्ने बताउनु भएको हो । उहाँले पृथ्वीमा भएको आविष्कारहरु विज्ञान र दर्शनकै आधारबाट भएको बताउदै अहिले विज्ञान र दर्शनको संयोजनबाट निर्माण भएका विचारलाई स्खलित बनाउने तत्वहरु लागि परेको बताउनु भएको छ ।
उहाँले नेकपा (माओवादी केन्द्र) सुरु गरेको तीन महिने रुपान्तारण अभियान त्यहि विचार र सिद्धान्तलाई जिवित गराउन र सबै जनतालाई विचार, दर्शन र सिद्धान्तले नै संसार परिचालित भएका छ भन्ने बुझाउन शुरु गरिएको र यसलाई हरेक नेपाली जनताको घर घरमा पु¥याउन सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पूर्व सभामुख समेत रहनुभएका सापकोटाले दुई दुई पटक विघटन गरेको संसद पुर्नस्थापना गर्नका लागि आफूले ठूलो जोखिम र चुनौतीको सामना गरेको पनि बताउनुभयो । संसारको इतिहासमा पहिलो पटक जनताले स्थापित गरेको संसदलाई कानूनी व्यावस्थाबाट पुर्नस्थापना गरेको पनि उहाँले दावी गर्नुभयो ।