भेलीदेखि देशभर चिकित्सककाे हड्ताल, आकस्मिक बाहेक सबै सेवा बन्द
वीरगन्ज, ३० भदाै । चिकित्सकलाई कुटपिट गरेकाे विराेधमा आन्दाेलनरत चिकित्सक संघले भाेलीदेखि थप आन्दोलन चर्काउने भएका छन् ।
हेटाैडाकाे सञ्चाे अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यस्थलमा नै कुटपिट गरेकाे भन्दै नेपाल चिकित्सक संघले देशभर आन्दोलनकाे घाेषणा गरेकाे हाे ।
संघकै नेतृत्वमा भाेली भदाै ३१ गते आईतबारदेेखि सरकारी निजी अस्पतालका आकस्मिक सेवा बाहेकका सेवाहरू बन्द हुने नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश संयाेजक डाक्टर नीरज सिंहले जानकारी दिनुभयाे ।
चिकित्सक, स्वास्थ्यकर्मीहरू सबै आन्दोलनमा उत्रिएकोले सर्वसाधारणकाे स्वास्थ्य सेवाका लागि आकस्मिक सेवा भने जारी रहने डाक्टर सिंहले बताउनुभयाे । सरकारले दाेषीलाई कारवाही नगरेसम्म आन्दोलन नराेकिने उहाले बताउनुभयाे ।