महानगरको अस्थायी कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज 

महानगरको अस्थायी कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज 

वीरगन्ज, १ जेठ । वीरगन्ज महनगरपालिकाले वीरगन्जको गोपाल मण्डली धर्मशालामा संचालनमा ल्याएको अस्थायी कोभिड –१९ अस्पतालबाट शनिबार ६ जना डिस्चार्ज भएका छन् ।

शनिबार ३ जना भर्ना भएका सहित अस्थायी कोभिड अस्पतालमा जम्मा २४ जना संक्रमित रहेकोमा ६ जना डिस्चार्ज भएर गएको, ३ जनालाई रिफर गरिएपछि शनिबार साँझ ५ बजेसम्ममा अस्थायी कोभिड अस्पतालमा १८ जना रहेका छन् ।

१३ जना पुरुष र ५ जना महिला संक्रमितहरु अहिले अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी रितेश जयसवालले जानकारी दिनुभयो ।