नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान 

नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान 

वीरगन्ज, २९ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । वीरगन्जको होटल लड्स दियालोमा बिहीबार साँझ भएको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष हेमराज ढकाल, सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, कृषि उद्यम समितिका सभापति डीबी कार्की, वाणिज्य समितिका सभापति डाक्टर सुवोध कुमार गुप्ता लगायतका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले उहाँहरु सबैलाई माला, गाम्छाले स्वागत र सम्मान गर्नुृभएको हो । कार्यक्रममा समसामयिक आर्थिक अवस्थाको विषयमा समेत अन्तरकृया गरेको थियो । कार्यक्रममा अहिले देशको संकटपूर्ण आर्थिक अवस्थाको बारेमा सबैले चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि सरकारलाई दबाव दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद, पूर्व अध्यक्ष प्रदीप केडिया, वर्तमान कोषाध्यक्ष शिवजी कलवार, महासचिव आशिष लाठ लगायतका संघका पदाधिकारी सदस्य र उद्योगी व्यवासायीहरुले समस्याको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, भारतीय महावाणिज्यदूतावासका अधिकारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।