४७ वर्षपछि आज खण्डग्रास चन्द्रग्रहण लाग्दै 

४७ वर्षपछि आज खण्डग्रास चन्द्रग्रहण लाग्दै 

वीरगन्ज, २२ कार्तिक । ४७ बर्षपछि आज खण्डग्रास चन्द्र ग्रहण लाग्दै छ । नेपाली पञ्चाङ्ग अनुसार आज मंगलबार साँझ ५.११ मा सुरू भएर बेलुका ६.३४ मा समाप्त हुनेगरी अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ ।

आजको चन्द्र ग्रहण मुख्यतः उत्तरी(पूर्वी यूरोप, एशिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिन्छ । ४७ बर्ष अघि लागेको चन्द्र ग्रहणको बार दिन पनि मिलेको छ ।

आजभन्दा ४७ वर्षअगाडि २०३२ सालको कार्तिक पूर्णिमामा आजै जस्तो आजकै दिन खग्रास चन्द्रग्रहण देखिएको थियो । त्यो बेला वृष राशिको कृतिका नक्षत्रमा तथा यसपालि मेष राशिको भरणी नक्षत्रमा ग्रहण लाग्ने छ ।

त्यो बेला ग्रस्तास्त वा ग्रस्तोदित थिएन यसपालि भने ग्रस्तोदित चन्द्रग्रहण हाम्रो देशबाट देखिने छ । आउने सन् २०४० मा पनि कार्तिक पूर्णिमाको दिन वृष राशिको कृतिका नक्षत्रमा लाग्ने खग्रास चन्द्रग्रहण देखिनेछ । त्योभन्दा अगाडि कार्तिक पूर्णिमाको दिन हाम्रो देशबाट कुनै चन्द्रग्रहण देखिने छैन ।

अब नजिकै अर्को वर्ष कार्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण र त्यसपछि ८२ सालको भदौ २२ गते मात्र एशियालगायतका देशबाट पूर्ण खग्रास चन्द्रग्रहणको दर्शन हुनेछ । यसबर्ष कार्तिक ८ गते मंगलबारकै दिन सूर्य ग्रहण लागेको थियो । चन्द्र ग्रहण पनि मंगलबार नै लाग्दैछ ।