दिगो वन व्यावस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम शुरु 

दिगो वन व्यावस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम शुरु 

कृष्ण मोहन साह 

कार्तिक, २० सेढवा । पर्साको जीराभवानी गाउँपालिकामा रेड अभिमुखिकरण तथा दिगो बन व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।  रेड कार्यान्वयन केन्द्र बबरमहलको सहयोग र डिभिजन बन कार्यालय पर्साको आयोजनामा पर्साको जिराभवानी गाउँपालिकामा  रहेको सब डिभिजन बन कार्यालय बसन्तपुरमा शुरु भएको तीन दिने रेड अभिमुखिकरण तथा दिगो बन व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

कार्यक्रममा बन र वन्यजन्तु संरक्षण वन्यजन्तुको बासस्थान जिवजन्तुबाट भएको क्षति र वन वनस्पति जैविक विविधता तथा जलवायु परिवर्तन सम्बन्धि तालिमा सहभागी सहभागीहरुलाई प्रशिक्षण दिएको थियो । स्थानीय समाजसेवी देवी प्रसाद दहालको सभापतित्वमा समपन्न कार्यक्रममा पर्सा राष्ट्रिय  निकुञ्ज अन्तरगत रहेको गाडुवा पोस्टमा तैनाथ नेपाली सेनाका  सिद्दी बक्स गणका जम्दार रामचन्द्र क्षेत्री,

पर्सा राष्ट्रिय निकुञ्ज गडुवा पोस्टका सीनियर सरोज यादव, जीराभवानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामशरण खवास  समाजसेवी राजिन्द्र साह, सोमनाथ सापकोटा, किशुनी मिर्दाहा पन्चपुखी उपभोक्ता समिती का अध्यक्ष जैचन्द्र दास, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बन कर्मचारी लगाएत स्थानीय संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामपुकार यादव र सब डिभिजन बन कार्यालय बसन्तपुरका सहायक बन अधिकृत सुमन पाण्डेले तालिममा सहभागीहरुलाई  प्रशिक्षण दिइरहनु भएको छ ।