नेपाललाई हिन्दुराष्ट्र कायम गराउन संगठित हुनुपर्नेमा जोड 

नेपाललाई हिन्दुराष्ट्र कायम गराउन संगठित हुनुपर्नेमा जोड 

वीरगन्ज ५ साउन ।  नेपालमा हिन्दु राष्ट्र पुनः कायम गराउन संठित हुनुपर्नेमा जोड दिएका छन् । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले मंगलबार वीरगन्जमा आयोजना गरेको भेलाले हिन्दुराष्ट्र कायम गराउँन संठगित भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।


भेलामा अभियानका अभियान्ता एवं प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण ढकालले सनातन  देखि नै नेपाल विश्वभरी कैै देवभूमिको रुपमा स्थापित भएको देश भएकोले विश्वका १ अर्ब ३० करोड हिन्दुको आस्थाको केन्द्र रुपमा नेपाल रहेको दावी गर्नुभयो ।

३ करोड नेपालीको लागि मात्र नभई विश्वको १ अर्ब ३० करोड जनताको आर्दशको भूमिको रुपमा नेपाल रहेको बताउनुभयो । देवभूमि तपोभूमिको रुपमा रहेको हिन्दुराष्ट्र नेपाललाई हिन्दु समाज र नेतृत्व गर्ने केहि राजनितिक दलहरुले धर्मसापेक्षबाट धर्मनिरपेक्ष घोषणा गराएकोले त्यो मान्य नहुने बताउनुभयो । 

      हिन्दु समाज संगठित, जागरुक र स्वाभिमानी नभएकै कारण केही राजनीतिक दल र तिनका नेताहरुले धर्मनिरपेक्ष घोषणा गर्दा प्रतिकार नसकिएको बताउनुभयो । धर्मनिरपेक्ष घोषणा भएदेखि संघ परिवारले निरन्तर रुपमा हिन्दुराष्ट्रको लागि आवाज उठाउदै आएकोले सम्पूर्ण हिन्दु समाज एकजुट नभएकै कारण हिन्दुराष्ट्र कायम गर्न नसकेकोले अब एकजुट हुनुपर्नेमा जोड दिनुभयो । भोट माग्न आउने नेताहरुलाई पहिलो प्राथमिकतामा हिन्दु राष्ट्रको एजेन्डा लिएर आएमात्र भोट दिन्छौ भन्ने अभियान चलाए मात्र नेपाल हिन्दुराष्ट्र बनाउँन सकिने ढकालको भनाई थियो । 

   भेलामा विश्व हिन्दु परिषदका राष्ट्रिय संगठन मन्त्री प्रहलाद रेग्मीले पनि कर्तव्य र त्यागबाट नै नेपाललाई पुन हिन्दुराष्ट्र बनाउँन सकिने बताउनुभयो । विश्वको लागि आत्मगौरव पूर्ण सनातन संस्कृतिको भूमि हिन्दुराष्ट्रको गौरवमा जन्म भएकोले निष्ठापुर्व हिन्दुधर्मप्रति कर्तव्य निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । 

 उहाँले दलगत स्वार्थ भन्दा माथि उठेर पहिलो भाव हिन्दुधर्म नै हो भन्ने विश्वासका साथ एकजुट भएर अगाडी बढेमात्र नेपाललाई हिन्दुराष्ट्र कायम गराउँन सकिने बताउनुभयो ।भेलाले अभियानलाई सफल बनाउँन वडा स्तरीय देखि नगर, पालिका स्तरीय संगठन विस्तार गरी अगाडी बढ्न सुझाएका थिए । 

 हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्धुवेदीको अध्यक्षतामा भएको भेलामा विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह, उपाध्यक्ष कृष्णमोहन सहाय, रामराज्य परिषदका जिल्ला अध्यक्ष धमेन्द्र पटेल, पण्डित पुरुषोत्तम दुवे, शंकराचार्य पिठका अध्यक्ष डा. अनिल झा लगायतको उपस्थित रहेको थियो ।