संघीयतालाई संस्थागत गर्न प्रहरीलाई प्रदेश मातहतमा ल्याईनुपर्छ : मन्त्री साह 

संघीयतालाई संस्थागत गर्न प्रहरीलाई प्रदेश मातहतमा ल्याईनुपर्छ : मन्त्री साह 

वीरगन्ज, ५ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला एवम् सञ्चार मन्त्री भरत प्रसाद साहले संघीयतालाई संस्थागत गर्नका लागि नेपाल प्रहरीलाई प्रदेश मातहतमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । प्रहरीलाई प्रदेश मातहतमा ल्याउने गृहकार्य पनि भइरहेको जानकारी गराउनुभयो ।

नेपाल ईन्जिनियरिंग अर्गनाइजेशन नेपाल (नेकोन) प्रदेश नम्बर २ ले आयोजना गरेको सम्मान कार्यक्रमलाई बोल्दै मन्त्री साहले संघीयतालाई संस्थागत गर्नका लागि संविधान अनुसार प्रदेश मातहतमा प्रहरी ऐनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश २ मा फिल्मसिटी निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

फिल्मसिटीका लागि कर्जना नगरपालिकामा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका साह मन्त्रीमा नियुक्त भएपछि नेकोनले साहलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष रबीकिरण यादव, नेकोन प्रदेश २ का कोषाध्यक्ष श्याम चौधरी लगायतको उपस्थिती रहेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले जानकारी दिनुभयो ।